एजेन्सी : उत्तर कोरियाका एक बरिष्ठ अधिकारीले अमेरिकाका उपराष्ट्रपति माइक पेन्सलाई मूर्ख भन्दै जारी कुटनीतिक प्रयास असफल भए परमाणु कार्यक्रमको प्रदर्शन गर्ने चेतावनी दिएकी छन् ।
चो सोन हुइले भनिन् “पोङयाङ अमेरिकासँग भिक्षामा वार्ता मागेको होइन न त अमेरिकालाई वार्तामा आउनु अनुनय विनय गरिरहेको छ ।”
हालका दिनमा अमेरिका र उत्तर कोरिया दुबैले जुन १२मा हुने भनिएको ट्रम्प किम शिखर वार्तालाई लिएर एका अर्कालाई चेतावनी दिन थालेको देखिएको छ ।
अमेरिकाले वार्ताका लागि आफ्नो परमाणु कार्यक्रम एकतर्फी रूपमा त्याग गर्न जोड दिए पोङयाङले वार्तामा जानेबारे पुनविचार गर्ने उनले जनाए ।
मंगलबार अमेरिकी राष्ट्रवपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वार्ता हुन अघि उत्तर कोरियाले केही शर्त पालना गर्न पर्ने बताएका थिए ।यसअघि अमेरिकी उपराष्ट्रपति पेन्सले उत्तर कोरियालाई वार्ता अघि एकतर्फीरूपमा परमाणु कार्यक्रम समाप्त पार्न भनेका थिए । साथै अमेरिकाको कुरो नमाने उत्तर कोरियालाई लिबिया बनाइदिने धम्की दिएका थिए ।
त्यसको जवाफमा उत्तर कोरियाले पेन्सलाई पलिटिकल डम्मी भनेको छ ।
उत्तर कोरियाली कुटनीतिज्ञ चो सुन धेरै कुटनीतिक वार्ताहरूमा अमेरिकासँग विगतका दशक अन्तरक्रिया गर्दै आएका व्यक्ति हुन् । उनले भनिन् “ उत्तर कोरिया परमाणु हतियार सहितको राज्य हो । लिबिया जस्तो समान्य जडान गरिएको राज्य होइन् ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया