कर्मसही घर्ती मगर / रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं ५ मा निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती समाज अस्पतालको घुम्ती टोलीद्वारा यो शिविर सञ्चालन भएको हो । बिहान ८ बजेबाट यो शिविर शुरू भएको छ । साँझ ५ बजेसम्म यो शिविर सञ्चालन हुने कुरा वडा नं ५ का नेकपाका संयोजक थपन बुढा मगरले बताए । यो शिविरमा विभिन्न थरिका रोगको निशुल्क जाँच परिक्षण गरिनेछ । बिहानको एघार बजेसम्म आँखाका रोगी मध्ये ८ को अप्रशन गर्नु पर्ने भएको कुरा घुम्ती शिविरका टोली प्रमुखले जनाएका छन् । सबैभन्दा बढी सँख्यामा महिला पाठेघरका रोगी देखिएको टोली प्रमुखले बताएका थिए । करीब दुई सयको हाराहारीले टिकट लिएका छन् । अझै टिकट लिनेको लम्बेतान रहेको छ । आयोजकले बताए अनुसार अझ टाढाबाट सेवाग्राहीहरु आउन बाँकी रहेका छन् ।
वडा नं ५ नेकपाका संयोजक तथा आयोजक कमितिका थपन बुढाले भने, 'गलत प्रचारप्रसारका कारण बिरामीहरु अझै बीचबाटोबाट फर्किएका छन् । उनीहरुलाई पनि तुरुन्त सेवा लिन हामीले पहलकदमी गरेका छौँ । बिरामीहरुको चाप बढेमा यो दुई दिने शिविर अझ लम्ब्याउन सकिनेछ । हामीले नजिकमा आएको यो सुबिधाबाट सेवाग्राहीलाई वञ्चित गराउने छैनौं । उनले वडा अध्यक्षलाई ईङ्कित गर्दै भने, ‘यो शिविरमा वडावअध्यक्षले नै असहयोग गरेकोमा हामीलाई गम्भीर रूपमा सोँच्न बाध्य बनाएको छ । उनले नै गलत तरीकाले प्रचार गरेर टाढाका सेवाग्राहीलाई फर्काएका हुन् । यसले उनको कार्वधिमा नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।’
बिहान ८ बजेबाट वडा नं ५ हुकामको स्वास्थ्य भवनमा शुरु भएको निशुल्क स्वास्थ्य शिविरमा सयौँ मान्छेको भीड लागेको छ । यो भीडलाई सहज बनाउन जल्पा युवा कल्ब लागि परेको कुरा संयोजक बुढाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया