६ काला आकाश गंगा

एजेन्सी : वैज्ञानिकहरूले तारा र गन्न सकिने ताराहरूको समूह आकाश गंगा(गल्याक्सी)हरूको निर्माणको रहस्य खोल्न सक्ने अनुमान गरिएको काला आकाश गंगाहरू मध्येका ६ डार्क गल्याक्सी पहिचान भएको विश्वास व्यक्त गरेका छन् ।

झण्डै तारा र प्रयाप्त प्रकाश नभएको आकाश गंगालाई डार्क गल्याक्सी भनिएको छ । डार्क गल्याक्सीको पहिचान भएपछि यसको अध्ययनबाट ग्यासहरू कसरी अन्ततः ताराहरूमा बदलिने गर्छ त्यसको अध्ययनमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास गरिएको छ । 

बुधबार एस्ट्रोफिजिकल जर्नलमा प्रकाशित भएको नयाँ अध्ययनमा स्विट्जरल्याण्डको इटीएच जुरिखका अनुन्धानकर्ताहरूले क्वासार भनिएको आकाशीय वस्तुको प्रयोग गरी पहिचान गर्न गाह्रो हुने यस्ता मायावी आकाश गंगाको ठेकान पता लगाइने विधिको विवेचना गरेका छन् ।

क्वसारहरू तारा होइनन तर क्वासारहरू धेरै टाढाका वस्तुहरू हुनु जुन चम्किलो देखिन्छ । स्पेसडटकमका अनुसार उनीहरू काला छिद्र (ब्ल्याक होल)बाट शक्तिकृत हुन्छन त्यसैले उनीहरू विशालपिण्ड भएका काला छिद्रहरू सहितको आकाश गंगाामा मात्र अस्तित्वमा हुन्छन् ।उनीहरूको निर्माण प्रकाशको गतिसम्मको गतिमा अगाडि बढेका कणहरूबाट हुन्छ ।

साथै क्वसारले प्रचण्ड गतिको पराबैगनी प्रकाश(अल्ट्राभायोलेट लाइट) निकाल्छ । जुन प्रकाशले हाइड्रोजन अणुहरूमा एक प्रकारको प्रतिक्रिया गराउन सक्छ । यसबाट लाइमन अल्फा रेखा नाम गरेको चहकिलो प्रकाशित रेखा उत्पन्न हुन्छ भने विषय फिजडटओआरजीले जनाएको छ ।

ब्रहमाण्डमा सबैभन्दा प्रचुरमात्रामा पाइने तत्व हाइड्रोजन हो र हाइड्रोजन तारा बन्नका लागि आवश्यक तत्व हो ।यसको अर्थ के भने कुनै काला आकाश गंगासँग पर्याप्त हाइड्रोजन हुन्छ र त्यो कुनै क्वसार निकट हुन्छ ।जसले चहकिलो प्रकाशित रेखा फाल्छ जुन कुरोलाई अनुसन्धानकर्ताले ध्यान दिन सके भन्ने हो ।

एस्ट्रोफिजिक्सका सहायक प्राध्यपक सेबास्टिनो क्यानटालुपोले भने “ संक्षेपमा हामीले क्वसारलाई फ्लसलाइटको रूपमा प्रयोग गर्छ जसले ब्रहमाण्डका भागहरूलाई प्रकाशमान बनाउँछ र कालो वस्तु देखा पर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?