काठमाडौं, ११ जेठ – डी सिने अवार्डको दशौं संस्करणमा उत्कृष्ट फिल्मको अवार्ड अनमोल केसी अभिनित चलचित्र ‘कृ’ ले हात पारेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा भएको अवार्ड समारोहमा नाेमिनेसनमा परेका कलाकारको भने खासै उपस्थिति थिएन ।
कृ फिल्मले नायक अनमोल केसीलाई उत्कृष्ट अभिनेताको अवार्ड पनि दिलायो । त्यस्तै अभिनेत्री नीता ढुंगानाले चलचित्र पञ्चायतबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।
डी सिने अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड फिल्म लिलिबिलीबाट निर्देशक मिलन चाम्सले हात पारे । त्यस्तै क्रिटिक्स अवार्डबाट चलचित्र ‘ब्ल्याइन्ड रक्स’ ले फिल्मतर्फ, ‘मंगलम’ बाट निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्का उत्कृष्ट निर्देशक र अभिनेताको अवार्ड पाए ।
फिल्म ‘शत्रु गते’ ले पपुलर च्याइस अवार्ड पायो भने ‘छक्का पञ्जा २’ ले पपुलर फिल्मको अवार्ड जित्यो ।
त्यस्तै नव अभिनेता र नव अभिनेत्रीमा सलिनमान बानियाँ र जसिता गुरुङले अवार्ड जिते । साथै नव निर्देशकमा झरना थापाले अवार्ड हात पारिन् ।
साथै अवार्डमा लाइफटाइम लिजेण्ड्री अभिनेत्री बसुन्धरा भुसाललाई दिइयो । त्यस्तै प्रोत्साहन अवार्ड चलचित्र ‘संरक्षण’ का निर्देशक पुणेन्द्रु झालाई दिइयो ।
हेर्नुहाेस् पूर्ण सूचीः
उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, फिल्म कृ
उत्कृष्ट पार्श्व संगीत: एलिश कार्की, लिलीबिली
उत्कृष्ट ध्वनि मिश्रण: सुनयमान श्रेष्ठ, संरक्षण
उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी, संरक्षण
उत्कृष्ट गायिका: विन्दु परियार, मंगलम (पर्ख पर्ख)
उत्कृष्ट गायक: सुगम पोखरेल, ऐश्वर्व (तिमी रोएको पल)
उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज, दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी, रुद्र
उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई, पिंजडा ब्याक अगेन
उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे, छक्का पञ्जा २
उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार, ऐश्वर्य
उत्कृष्ट कथा: नवराज बुढाथोकी, भुइँमान्छे
उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज, लिलीबिली
उत्कृष्ट संवाद: दिपेन्द्र लामा, घामपानी
उत्कृष्ट नव नायीका: जसीता गुरुङ, लिलीबिली
उत्कृष्ट नव नायक: सलिनमान बानियाँ, ए मेरो हजुर २
उत्कृष्ट नव निर्देशक: झरना थापा, ए मेरो हजुर २
उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा, मंगलम
उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ, घामपानी
उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत, छक्का पञ्जा २
उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत, ए मेरो हजुर २
उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान, कृ
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ, मंगलम
उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना, पञ्चायत
उत्कृष्ट अभिनेता: अनमोल केसी, कृ
उत्कृष्ट निर्देशक: मिलन चाम्स, लिलीबिली
उत्कृष्ट चलचित्र: कृ
उत्कृष्ट पपुलर चलचित्र: छक्का पञ्जा २
क्रिटिक्स (समीक्षक) अवार्डःः
फिल्मः ब्लाइण्ड रक्स,चाम्स इन्टरटेन्मेन्ट
अभिनेताः पुष्प खड्का मंगलम
निर्देशक: नवल नेपाल, मंगलम
पपुलर च्वाइस अवार्ड: शत्रुगते
छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल
छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल
प्रोत्साहन अवार्ड: पुर्णेन्दु झा, संरक्षण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया