अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ ऊनसँगको शिखर वार्ता स्थगित गरिएको बताइसकेका छन् ।
किमलाई बिहीबार एक पत्र पठाउदै ट्रम्पले आउँदो जुन १२ तारिखका दिन सिंगापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गरेका हुन् ।
आखिर ट्रम्पले एकाएक किन वार्ता स्थगित गरे ? निकटमा हुन लागेको उक्त वार्तालाई विश्वले ध्यानपूर्वक पर्खिरहेको थियो ।
ट्रम्पले एक पत्र जारी गरी भनेका छन् कि जुन १२ तारिखका दिन सिंगापुरमा हुन गइरहेको बैठक अहिलेलाई स्थगित गरिएको छ ।
ट्रम्पको कदमलाई लिएर उत्तर कोरियाली समाचार एजेन्सीले ‘खुलेआम दुस्मनी र भारी रिस’ उठेको अभिव्यक्ति दिएको छ ।
उत्तर कोरियाली एक मन्त्री चो–सोन हुईले अमेरिकी उपराष्ट्रपतिको कै पछि लागेर ट्रम्पले गरेको निर्णयलाई पोलिटिकल डमी अर्थात कठपुतलीको संज्ञा दिएका छन् ।
तर शिखर सम्मेलनलाई धराशयी बनाउने काम ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनबाट भएको हो । जसको जिम्मा उत्तर कोरियासँग पूर्ववार्ताहरु गर्ने थियो ।
बोल्टनले पूर्ण परमाणु निशस्त्रीकरणको लक्ष्य राखेका थिए । उनी उत्तर कोरियाले पूर्ण रुपमा आफ्नो परमाणु कार्यक्रम अन्त्य भएको घोषणा गरोस् भन्ने चाहन्थे ।
तर, उनी कहिल्यै पनि उत्तर कोरियासँग कुटनैतिक प्रक्रियामा गम्भीर भएर प्रस्तुत भएनन् । राष्ट्रिय सुरक्षा सल्लाहकारको कुर्सी सम्हाल्नु पहिले उनले एक नागरिकको हैसियतामा ट्रम्पले किमलाई भेट्न चाहेको बताएका थिए ।
उनका अनुसार अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्दा लिविया मोडलको पालना गर्नुपर्छ । लिबियामा २००३ मा भएको निशस्त्रिकरणको प्रक्रिया पछि लिबियन नेता मुहम्मर गदाफीले परमाणु कार्यक्रम पूर्णरुपमा रोक्नु परेको थियो । तर, त्यो उत्तर कोरियासँग मेल खाने खालको थिएन । र, हालका बयानहरुमा यो कुरा स्पष्टसँग उल्लेख गरिएको छ ।
सन् २००११ मा लिबियन नेता गद्दाफीले सम्झौताकै कारण सत्ता र ज्यान दुबै गुमाउन पुगे । यसकारण उत्तर कोरिया कुनै पनि हालतमा लिबियन मोडल अपनाउन तयार छैन ।
उत्तर कोरियाली मन्त्री चो आफ्नो लिबियन मोडल कुनै पनि हालतमा शैह्य हुन नसक्ने बताउँछन् । एक बहसमा उनले भनेका थिए कि उत्तर कोरिया परमाणुले सुसज्जित छ । जसको साथ अन्तरमहादेशीय ब्यालेस्टिम मिसाइल छ र जसबाट थर्मोन्यूक्लियर हतियारको फिट र बन्दोबस्त गर्न सकिन्छ भने जसको तुलना लिबियासँग हुन सक्दैन । स्मरण रहोस् तत्कालिन समयमा लिबियाले परमाणु बनाउनको लागि मात्र केहि उपकरणको मात्रै बन्दोबस्त गरेको अवस्था थियो ।
लिबियाको अनुभवबाट किममा के शंका छ भने अमेरिकाले भनेको परमाणु निशस्त्रीकरणपछि उनको अन्त्य निश्चित छ ।
उत्तर कोरियाले ट्रम्पको टिप्पणीलाई एक धम्कीको रुपमा हेरेको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जब एक अन्तवार्तामा ट्रम्पको फैसलाका समर्थन गरे तब यो अमेरिकी नीतिको हिस्सा हो भन्ने प्रष्टिन्थ्यो । किम सिंगापुर आउन् र अमेरिकाको सबै सर्त मानून् भन्ने जस्तो अमेरिकाको चाहना देखिन्थ्यो ।
अमेरिकी प्रशासनको यस रणनीति बुझेर उत्तर कोरिया पूर्ण रुपमा चनाखो रहेको छ । तर दुई पक्षबीच कुरा जतिबेला बिग्रन पुग्यो त्यतिबेला उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाबीच हुन लागेको संयुक्त शैन्य अभ्यासप्रति चासो व्यक्त गर्यो ।
उत्तर कोरियाको भनाई थियो कि यस अभ्यासमा दुई देशले लडाकू विमान समेत प्रयोग गर्न लागेका थिए । जुन परमागु बलमे भरिभूर्ण उत्तरलाई धम्क्याउने उद्देश्य जस्तो देखिन्थ्यो ।
ट्रम्प र किमबीच हुने भनिएको वार्ता रद्द हुनेबारे सायद दक्षिणलाई पनि थाहा थिएन । जसरी एकाएक ट्रम्पले वार्ता रद्द गरेका छन् त्यसले विश्वमा सकारात्मक सन्देश नभएको विश्लेषण भएको छ ।
वार्ता रद्द भएपछि उत्तर कोरियाली विशेष मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ तर पनि कुनै पनि समयमा आफ्नो देश वार्ताको हात बढाउन तयार छ ।
सत्य हो हो कि उत्तर कोरिया वार्ताबाट पछि हटेको थिएन । बरु उनी चीन पुगेर चिनियाँ राष्ट्रपति सी जींग पींगसँग भलाकुसारी गरेर फर्किएका थिए ।
ट्रम्पको चिठीपछि पनि किमसँग वार्ता हुने ढोका सधैंका लागि बन्द भएको होइन । उनले किमलाई लेखेको चिठीमा महामहिम भनेर सम्बोधन गरिएको छ । उनले यो पनि भनेका छन् कि मलाई चिठी लेख्न र सम्पर्क गर्नमा कुनै हिच्किचाहट छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया