धर्मग्रन्थका अनुसार जब धर्तीमा कुनै जीवन थिएन। ब्रह्माण्डमा एक आवाज उत्पन्न भयो । त्यही आवाजको पछि जीवको उत्पत्ती हुन पुग्यो ।
हिन्दु धर्ममा जीवनको उत्पत्तीको आधार यही ॐ लाई मानिँदै आएको छ ।
धर्मग्रन्थका अनुसार ॐ भगवान शिवसका रुप मन्त्र हो । शिवलाई प्रशन्न पार्नको लागि ॐ को जप पनि पर्याप्त हुने विश्वास छ ।
ॐ एक शब्द मात्रै हैन यो एक ध्वनी अर्थात मन्त्र हो । जसको उपयोग हाम्रो ऋषि मुनी ध्वान तथा स्वास्थ्य लाभको लागि गर्ने गर्थे ।
ॐ अ, उ, व, म मिलेर बनेको हो । अर्थात ॐ उच्चारण गर्दा स्वास लिँदा र छोड्दा हुने यी शब्दहरु आउँछन् ।
यसको कमसेकम दैनिक १० देखि ११ पटक उच्चरण गर्नु ठीक हसने बताइन्छ । जसका कारण शरीरमा विशेष कम्पन पैदा हुन्छ । जसले ऊर्जाशील बनाउँछ ।
ॐ जप निरन्तर गर्दा हुने ५ फाइदा:
– ॐ को उच्चारण गर्दा गलामा कम्पन उत्पन्न हुन्छ । जसले थाइराइड नियन्त्रणमा सहयोग पुग्छ ।
– यो तनाव वा थकान हटाउन सहयोगी हुन्छ । शरीरबाट विषालु तत्व बाहिर जान्छन् ।
– ॐ बाट पाचन प्रक्रियामा पनि सहयोग पुग्छ । पेटसँग सम्बन्धित अन्य रोग नियन्त्रणमा पनि सहयोग पुग्छ ।
– यो उच्चारण गर्दा अनुहारको चमक बढ्छ ।
– निद्रा नआउनेलगायतका समस्या तथा मानसिक र समस्याको समाधानमा पनि यो सहयोगी हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया