मानवअधिकारको लागि काम गर्ने संस्था ह्युमन राइट्स वाचले दुबई बेपत्ता भएकी राजकुमारी शेख लतिफाको बारेमा संसारलाई जानकारी दिन प्रशासनसँग आह्वान गरेको छ ।
दुबईको राजाकी छोरी शेख लतिफाले मार्चमा देश छाड्ने प्रयास गरेकी थिइन् । उनी विदेशमा गएर स्वतन्त्र जिन्दगी बिताउन चाहन्थीन् ।
तर केही मानिसहरुको भनाईमा विलासी सरसमानले भरिएको उनी चढेको याच ‘नोस्ट्रोमो’ भारतको तट नजिकबाट पक्रिएको थियो । र दुबई फिर्ता लगिएको थियो ।
यो घटनापछि राजकुमारीलाई सार्बजनिक रुपमा देखिएको छैन । दुबई प्रशासनको भनाई अनुसार कानूनी कारणले यो विषयमा कुरा गर्न सकिदैन ।
दुबई प्रशासनले बीबीसीलाई अपराधिक रेकर्ड भएको मानिसले शेख लतिफा गायब भएको दावी गरिरहेको बताएको छ ।
शेख लतिफा दुबईको शासक शेख मोहम्मद बिन अल मकतूमकी छोरी हुन् ।
समाचार अनुसार उनलाई देश छोड्न लाग्दा समातिएको थियो ।
उनले एक भिडियो सन्देशमा भनेकी छिन् “म यो भिडियो बनाइरहेको छु । यो मेरो अन्तिम भिडियो पनि हुन सक्छ । तपाईले यो भिडियो हेरिरहदा म मरिसकेको वा एकदम खराब अवस्थामा हुनेछु ।”
यो भिडियो राजकुमारीका साथीहरुले सार्बजनिक गरेका हुन् ।
हराउनु भन्दा पहिले फिल्माङ्कन गरिएको यो भिडियो सार्वजनिक गर्नुको उदेश्य संयुक्त अरब इमिरेटको सरकारमाथि दबाब हाल्ने देखिन्छ ।
भिडियोमा राजकुमारी अगाडी भन्छिन् “मेरो बुवालाई खाली आफ्नो इज्जतको चिन्ता छ ।”
तर अवस्था सधैं यस्तो थिएन । कुनै समय शेख लतिफा एक लोकप्रिय राजकुमारी थिइन् । उनलाई स्काई डाइभिङ्गको शौख थियो ।
देशको झण्डामा लपेटिएर आकासबाट हामफालेको कयैन स्काई डाइभिङ्ग गरेको भिडियोमा उनी आफै देखिन्छिन् ।
तर यथार्थ यो भन्दा डरलाग्दोे छ ।
उनकी एक साथीले बीबीसीलाई उनी सुनको पिजडाकी पन्छी जस्तो भएको बताइन् ।
ति साथी फिनल्याडंका नागरिक र मार्शल आर्ट ट्रेनर टीना योहियानेन हुन् ।
टीनाले बीबीसीलाई बताइन्, “लतिफा आफ्नो जीवन खुलेर जीवन चाहन्थीन् । राजकुमारीले सन् २००२मा पनि भाग्ने कोशिश गरेकी थिइन् । त्यो बेला उनलाई पक्रेर जेलमा हालिएको थियो । त्यो बेला लतिफाले साढे तीन वर्ष जेलमा बिताएकी थिइन् ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया