एजेन्सी : खरबुजालाई हैसियतको संकेतको रूपमा मानिने जापानमा आयोजित एक डाक लिलामबाट एक जोडी खरबुजा २९ हजार ३ सय अमेरिकी डलरमा बिक्री भयो ।
शनिबार सम्पन्न सो डाक बढाबढमा ती दुई खरबुजाको बिक्री जापानी मुद्रा ३२ लाख येनमा भयो ।
मौसमी फलफूलको बिक्रीका बेला जापानी खरिदकर्ता आकर्षित हुने गर्छन् । पसलेहरूले फलफललाई सामाजिक प्रतिष्ठाको रूपमा लिने ग्राहकहरूलाई आकर्षित गर्ने गर्छन् ।
यो रकम जापानमा एउटा कार किन्न पर्याप्त हुन्छ । यसअघि फलफुलको उच्च बिक्री मूल्य ३० लाख येन थियो । दुई वर्ष अघि यो बिक्री भएको थियो ।
हुन त जापानमा सामान्य फलफुल पनि तुलनात्मकरूपमा बढी महँगो हुन्छ । एक स्याउको मूल्य ३ अमेरिकी डलर बराबरको हुन्छ । नेपाली मुद्रामा यो तीनसयको हाराहारीमा हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया