छोरी सुहानीलाई फिल्ममा डेब्यु गराउँदै झरना

काठमाडौं । छोरा छोरीलाई अभिनयमा डेब्यु गराउने कलाकारको संख्या दिन प्रतिदिन बढ्दो छ । कोही कलाकारले आफ्नो सन्तान नजिकको साथीको चलचित्रबाट भित्र्याएका छन्, भने केहीले आफ्नैबाट । 

यस्तैमा अभिनेत्री झरना थापाले पनि छोरी सुहानीलाई चलचित्रमा डेब्यु गराउने भएकी छन् । उनले सुहानीलाई आफ्नै निर्देशन रहने ‘ए मेरो हजुर ३’ बाट डेब्यु गराउन लागेकी हुन् । चलचित्रमा सुहानीको जोडी अनमोल केसी रहने भएका छन् । झरना आफैले चलचित्र निर्देशन गर्ने लागेकी हुन् । यसको अघिल्लो सिक्वेल ‘ए मेरो हजुर २’बाट उनले निर्देशन डेब्यु गरेकी हुन् ।

अनमोलको जोडीको रुपमा सुहानीलाई ‘ए मेरो हजुर ३’मा प्रस्तुत गर्न लागेको चलचित्रकी निर्देशक थापाले बताइन् । लामो समयदेखी कलाकार छनोटमा रहेको यो चलचित्रमा झरनाकै पति सुनिल कुमार थापा निर्माता रहने छन् । 

अनमोल पछिल्लो समय सबैभन्दा बढी क्रेज भएका अभिनेता हुन् । तर उनी अभिनित पछिल्लो चलचित्र ‘कृ’ले भने दर्शक रिझाउन सकेन । उनको ‘कृ’ अभिनय र चलचित्रले समिक्षक र दर्शक कतैबाट पनि राम्रो प्रतिक्रिया पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?