काठमाडाैं : चेन्नार्इ सुपरकिंग्सले सन् २०१८ को इन्डियन प्रिमियर लिग (अार्इपीएल) उपाधि जितेको छ । अार्इतबार बेलुकी भएको खेलमा उपाधिको अर्को दाबेदार सनरार्इजर्स हैदरावादलार्इ ८ विकेटले हराउँदै चेन्नार्इले यो सिजनलार्इ अाफ्नो विजययात्रामा टुंग्यायो ।
टर हारेर व्याटिङ गरेको हैदराबादले चेन्नार्इलार्इ १ सय ७९ रनको लक्ष्य दिएको थियो । हैदरावादले पुरै २० अोभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनायो । हैदरवादका लागि शिखर धवनले २६ र केन विलियमसनले ४७ रन जोडे । तर श्रीवत्स गोस्वामी ५ रनमै अाउट भए । यस्तै, मिडल अर्डर व्याट्सम्यान शकीब अल हसनले २३ र युसुफ पठानले ४५ रन जोडे । कार्लोस ब्रेथवेटले ६ र दिपक हुडाले ३ रन जोडे ।
हैदराबादले दिएको १ सय ७९ रनको लक्ष्यलार्इ चेन्नार्इले १८.३ अोभरमै पुरा ग-यो । सेन वाट्सनको अविजित शतक चेन्नार्इको जीतका लागि महत्वपूर्ण उपलब्धि सावित भयो । जम्मा २ विकेट गुमाएको चेन्नार्इका लागि वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गरेका थिए । रैनाले ३२ रन, अम्बाटी रायडुले १६ रन र फा डु प्लिसिसले १० रन बनाए ।
हैदराबादका लागि सन्दीप शर्मा र कालोर्सस बर्थवाइटले समान १ विकेट लिए भने चेन्नाईका लागि लुङी एन्गिडीले किफायती बलिङ गर्दै १ विकेट लिए । कर्न शर्मा, ड्वेन ब्राभो र रविन्द्र जडेजाले पनि समान १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया