एमजी हेक्टर नेपाली बजारमा, कति छ बजार मूल्य ?

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्नो नक्साल शोरुममा बहु–प्रतिक्षित हेक्टर एसयुभि सार्वजनिक गरेको छ।

कम्पनीले आज एक औपचारिक पत्रकार सम्मेलन गरी गाडीको मुल्य सार्वजनिक गर्नुको साथै ग्राहकहरुलाई गाडीको चाबी हस्तान्तरण पनि गरेको हो । १.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टरएमटीको मुल्य ५९.९९ लाख रुपैयाँ र हेक्टरसिभिटिको मुल्य ६४.९९ लाख रुपैयाँ रहेको छ ।

एसयुभि क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर१७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको छ।

एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी कम्पनीको दाबी छ । भारतमा बनेको यो एसयुभि नेपालस्थित सम्पूर्ण डिलरशिपहरुमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?