एजेन्सी:अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीचको जुन १२मा हुने शिखर सम्मेलनको सम्भावना बढेर गएको छ ।
ट्रम्पले शिखर सम्मेलनका बारेमा भइरहेको वार्ताहरू धेरै फलदायी भएको टिप्पणी गरेपछि यी दुई नेताबीच ंिसंगापुरमा हुने जुन १२ को वार्ताको सम्भावना बनाएको हो ।
ट्रम्पले ट्विटरमा १२ को वार्ता अझ सिंगापुरमा हुन सक्ने र आवश्यक भए वार्ताको मिति सर्न सक्ने उल्लेख गरेका छन् ।
ट्रम्पले गत बिहीबार उत्तर कोरियाले शत्रुता खुला गरेको आरोप लगाउादै शिखर सम्मेलन खारेज गरेका थिए ।
तर त्यसको जवाफमा उत्तर कोरियाले आफू अमेरिकासँग कुनै पनि समय र कुनै पनि ठाउँमा वार्ता गर्न तयार रहेको जनाएको थियो ।
ट्रम्पले ट्विट गर्न केही बेर अघि दक्षिण कोरियाली राष्ट्रपतिले शिखर वार्ताको झिल्को बाँकी रहेकाले वार्ता पुनर्जिवित हुने विश्वास व्यक्त गरेका थिए । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मून जाएले अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि नबढिरहेको विषय धेरै दुखदायी भएको टिप्पणी गरेका थिए ।
यो वार्ताले कोरियाली प्रायःद्विपको तनावलाई कम गर्ने र परमाणु कार्यक्रमबाट उत्तर कोरियालीलाई पछाडि फर्काउन सम्मको बाटो कोर्न सकिने अपेक्षा विश्लेषकहरूको रहेको छ । अप्रिलमा दुबै कोरियाका राष्ट्रप्रमुखबीच वार्ता भएको थियो । त्यो वार्ताले ट्रम्प र किमको शिखर वार्ताको छलफललाई अगाडि बढाउने काम गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया