काठमाडाैं : नेपालको कुल गार्हस्थ उत्पादन (जीडिपी) को अाकार ३० खर्ब ७ अर्ब २४ करोड रूपैयाँ हाराहारीमा पुगेको छ ।
सरकारले अार्इतबार सार्वजनिक गरेको चालु अार्थिक बर्षको अार्थिक सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा चालु अार्थिक बर्षको अन्त्य अर्थात असार मसान्तसम्म ३० खर्ब ७ अर्ब रूपैयाँ बराबरको कुल उत्पादन हुने देखिएको छ ।
गत अार्थिक बर्षको अन्त्यसम्ममा नेपालको जीडिपीको अाकार २६ खर्ब ४२ अर्ब ५९ करोड ५० लाख रूपैयाँ पुगेको थियो । यो बर्षको बजार मूल्यबमोजिम असारसम्म साढे ३ खर्बले अर्थतन्त्र फराकिलो हुने अार्थिक सर्वेक्षणमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया