गगन अयडी, धनगढी । धनगढी हसनपुरमा रहेको धनगढी डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिले विश्व थाईराईड दिवसको अवसरमा गरेको निशुल्क शिविर सम्पन्न भएको छ ।
वैशाख १० गतेदेखि सुरु भएको शिविर आइतबार सम्पन्न भएको हो । शिविरमा सुगर, किडिनी, होल बडी र थाइराइडका विरामीहरुको उपचार गरिएको थियो । शिविरमा ३४ प्रतिशत सुगरका रोगी देखिएको सेन्टरले जनाएको छ । यस्ते २ प्रतिशत किडनीका विरामी देखा परेका सेन्टरका निर्देशक महेन्द्रबहादुर साउँदले जानकारी दिए ।
होल बडीका विरामी ३६ प्रतिशत र थाईराईडका बिरामी २० प्रतिशत देखा परेको उनले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।
विश्व थाइराईड दिवसको अवसर पारी शिबिर सञ्चालन गरिएको हो । थाईराईड विशेष गरी पुरुषमा भन्दा महिलाहरुमा बढी देखापर्दछ । ‘थाईराईड रोग होईन यो हाम्रो घाटीमा हुने एक प्रकारको ग्रन्थी हो थाइराईड ग्रन्थीमा समस्या भयो भने थाईराईडको समस्या भएको मानिन्छ’ प्रयोगशाला प्रमुख रोशनी उपाध्यायले भनिन्, ‘यसको समस्या भएमा महिनावारीमा अनियमितता, श्वास फेर्न गाहो हुने, सुनिने, दुब्लाउने मोटाउने, पसिना आउने, नआउने, गर्मी हुने, नहुने, रौं खस्ने, घाटी चिलाउने लगायतका लक्षण देखिन्छन् ।’
विशेषगरी ४ वर्ष भन्दा माथिका व्यक्तिहरुले आफनो स्वास्थ्य प्रयोगशाला परिक्षण प्रत्यक ६÷६ महिनामा गराउन जरुरी भएको धनगढी डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालि प्रयोगशाला प्रमख उपाध्यायले बताईन् ।
एक वर्ष पहिले सञ्चालनमा आएको करिव डेढ वर्षमा यस क्षेत्रका स्वास्थ्य प्रयोगशालामा दक्षता भएका व्यक्तिह कार्यरत छन् । डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक मीन धामीले गरेको पत्रकार सम्मेलनको अध्यक्षता प्रालिको अध्यक्ष माधवप्रसाद जोशीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया