काठमाडाैं : नेपालको राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल 'र्इ-सेवा'को ब्राण्ड एम्बेस्डरमा चुनिएका छन् । 'र्इ-सेवा' एफ वोन सफ्टले सञ्चालन गरिरहेको 'पेमेन्ट गेटवे' हो ।
राजधानीमा सोमबार अायोजित कार्यक्रममा ज्ञानेन्द्र र एफ वोन सफ्टका अध्यक्ष विश्वास ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मल्ल एक बर्षसम्म 'र्इ-सेवा'को ब्राण्ड एम्बेस्डर रहनेछन् । सम्झाैताको रकम भने खुलार्इएको छैन ।
ज्ञानेन्द्रले १ बर्षसम्म अाफ्नो ब्याटमा 'र्इ-सेवा'को स्टिकर टाँस्नेछन् । 'इ-सेवा'ले यसअघि क्रिकेट खेलाडी प्रदीप ऐरी, अभिनाश कर्ण, मेहबुब आलमसँग सहकार्य गरेको थियो ।
अागामी दिनमा 'र्इ-सेवा' जस्तै व्यवसायिक संस्थाहरूले खेलाडीसँग सहकार्य गर्दा नेपालको खेल क्षेत्रको विकास हुने मल्लले दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया