बेलायतले नपत्याएका अर्बपति चेल्सी कल्बका मालिक इजरायली नागरिक बन्न योग्य

एजेन्सी : इजरायली नागरिक हुन आफू योग्य भएको थाहा पाएपछि बेलायतले नपत्याएका रुसी यहुदी अर्बपति चेल्सी फुटबल कल्बका मालिक रोमना अब्रामोभिच तेलअविवका लागि उडेका छन् ।

अध्यायगमन विभागका अधिकारीहरूले बीबीसीलाई दिएको जानकारी अनुसार मस्कोस्थित इजरायली दुतावासमा उनको अन्तवार्ता भएको थियो ।  बेलायती भिसालाई समयमा नवीकरण गर्न सक्दा नयाँ भिसाका लागि आवेदन भर्दा बुझाउन पर्ने जानकारीका कारण उनलाई समस्या परेको हो ।

अब्रामोभिचका प्रवक्ताले उनको इजरायली नागरिकता स्वीकृत सकेको विषयमा प्रतिक्रिया दिएनन् ।

५१ वर्षीय अब्रामोभिच इजरायलका सबै भन्दा धनी व्यक्ति हुनेछन् । अब्रामोभिचको विषयमा बेलायती सरकारले कुनै प्रतिक्रिया दिएन । उनलाई बेलायतले भिसा दिन ढिला गरेका कारण लन्डन र मस्कोबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ ।

यसअघि रुसी जासुस सर्जेइ स्क्रिपललाई विष दिएर मारिएको घटनाले पनि लन्डन र रुसबीच कुटनीति तनाव बढेको थियो ।

बेलायतले भिसा नदिँदा चेल्सीले म्यानेस्टर युनाइटेडलाई हराउने गरी हालै एफए कपको फाइनलमा अब्रामोभिच उपस्थित हुन पाएकान थिएनन् ।

इजरायलको ल अफ रिटर्न अन्तर्गत यहुदीलाई इजरायलको नागरिक हुन पाउने कानुन अन्तर्गत इजरायलले अब्रामोभिचलाई एक पहिचान पात्र दिइसकेको इजरायली मिडियाले जनाएको छ ।
इजरायली राहदानी बोक्नेलाई बेलायतमा भिसा बिना अल्पकालीन बसाइका लागि अनुमति प्राप्त छ । 

अब्रामोभिचको सम्पत्ति ११.५ अर्ब अमेरिकी डिलर बराबर रहेको फोब्र्सले जनाएको छ । नयाँ इजरायली नागरिकहरूलाई विदेशी आमदानीमा लाग्ने कर छुट हुने गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?