एजेन्सी : गुगल कम्पनीको काम छोडेर स्टिभन याङले आमालाई सोधे “मेरो व्यसाय गर्ने आडियमा तपाई आफ्नो रुपैया लगानी लगाउनु हुन्छ ।” आमाले भनिन “तिम्रो अनलाइन कन्ज्युमर इलेक्ट्रोनिक्स इन्टरप्राइजेज एक जोखिम बाजी छ , लगानीकर्ता पुँजीपतिहरूसँग जाउ ।”
याङले गुगलमा कमाएको धन आमाको धनसँग मिसाउँदा १० लाख अमेरिकी डलर पनि पुगेन । त्यो धन लिएर याङ क्यालिफोर्नियाबाट शेन्जेनको लागि हवाइ सेवा समात्यो ।
शेन्जेन टेकनलजि कम्पनीहरूको केन्द्र छ । सात वर्ष पछि अन्केर इनोभेसन्स टेकनलजि कम्पनीले स्मार्टफोन चार्जर देखि पोर्टबल पावर बैंकसम्मका उत्पादन अमेजन डट कममा बेच्छ ।
अनि हालै मात्र वालमार्ट इंक र बेस्ट बाइ कम्पनीका अमेरिकी स्टोरमा उत्पादन बेच्न पाउने सम्झौता गरेको छ । न्यू थर्ड बोर्ड मार्केटले अन्केरको मूल्यांकन १.१ अर्ब अमेरिकी डलर बराबरको गरेको छ ।
याङको ३६ प्रतिशत र उनकी पत्नीको ३४ प्रतिशत शेयरमा कम्पनी रहेको छ । अन्केरले सामसंग, एप्पल जस्ता कम्पनीलाई चार्जरको प्रस्ताव गर्छ ।
याङले आफ्नो कम्पनीलाई चीन , जापान ,हंगकंग र अमेरिकामा सार्वजनिक कम्पनीको रूपमा लान खोजिरहेका छन् ।
याङले धेरै कोष जमा गरेका छन् । लगानीकर्ताहरू उनको कम्पनीमा लगानी लगाउन खोजिरहेका छन् । अन्केरको आमदानी सन् २०१७मा ५६ प्रतिशतले बढेर ३.९ अर्ब युयान पुग्यो । मुनाफा ९.९ प्रतिशतले बढेर ३५ करोड ६० लाख युयान भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
यसका अफिस सियाटल, दुबई, टोकियो, शेन्जेन रचांगासामा रहेका छन् । यसको आमदानीको आधा अमेरिकाबाट आउँछ तर गतवर्ष चीनको बिक्री दोब्बर भयो । धेरै चिनियाँ कम्पनी जस्तै अन्केरले चिनियाँ राष्ट्रपति सी जिनपिनको कृत्रिम बौद्धिकता(एआई)को लक्ष्यलाई पछयाइरहेको छ ।
याङ केन्द्रिय चीनको चांगासामा हुर्केर पेकिंग युनिभर्सिटीमा कम्प्युटर साइन्सको अध्ययन गरे । त्यसपछि उनी अस्टिनमा युनिभर्सिटी अफ टेक्ससमा अध्ययन गरे ।
गुगलमा पाँच वर्ष काम गरी आफ्नो प्रोग्रामिंग स्किल विकास गरे । गुगल छोडन दुई वर्ष अघि उनले आफ्नी गर्लफ्रेन्ड हाल पत्नीका लागि एक स्वचालित प्रणालीको विकास गरेका थिए ।
उनका गर्लफ्रेन्ड त्यतिखेर अमेजनको बिक्रेता थिइन् । यो प्रणाली दैनिक ३००सय माग पूरा गर्ने क्षमताको थियो ।
अन्केर शुरू गर्न अघि उनले हार्डवेयर सिके । अन्केरका चार्जरहरू धेरै बिक्ने चार्जरहरूमा पर्छन् । अहिले याङलाई विश्वबजारको भयानक प्रतिस्पर्धाको सामना गर्नुछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया