धार्मिक स्वतन्त्रतामा चीन अझ धेरै दुखदायी देश भएको अमेरिकी आरोप

एजेन्सी : शीर्षतहका एक अमेरिकी कुटनीतिज्ञले धार्मि स्वतन्त्रताका आधारमा चीन अझ धेरै दुखदायी देश रहेको टिप्पणी गरेकाछन् । तिब्बतका बुद्धमार्गीहरूको अवस्थालाई निरन्तर नियालि आएका ती कुटनीतिज्ञले यस्तो बताएका हुन् ।

लार्ज फर इन्टरनेशनल रिलिजस फ्रिडमका अमेरिकी राजदूत स्याम ब्राउनब्याकले भने “ तिब्बती बुद्धमागीहरू निरन्तर धेरै कठिनाइ भोग्दै आएा छन् । त्यसैगरी क्रिश्चियन र फालुन गोंग धर्म अनुयायीहरूले कठिन जीवन बिताइरहेका छन् ।यसले चीन अझ धार्मिक स्वतन्त्रताका लागि धेरै दुखदायी देश रहेको छ ।”

उनले त्यसक्रममा बुद्धमार्गीहरूले चिनियाँ अधिकारीहरूका कारण आत्मदाह समेत गरेको बताए । तिब्बतीका धर्म गुरू दलाइ लामा आफ्ना शिष्यहरूको साथ देश बाहिर बस्नुपर्ने अवस्था छ । उनलाई स्वतन्त्रता पूर्वक आवत जावत् गर्न समेत बन्देज लगाइएकोछ ।

तर चीनले दलाई लामालाई विद्रोही तथा पृथकतावादी आन्दोलन चर्काउने नेताको रूपमा बुझ्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?