एजेन्सी : भारत अमेरिका दुई जोड दुईबीचको सम्वादमा ( इन्डो युएस टु प्लस टु डायलग ) अमेरिकाले भारतलाई उसको प्रमुख रक्षा साझेदार अमेरिका वा रुस मध्ये एकलाई छान्न भन्न सक्ने देखिएको छ ।
इन्डो युएस टु प्लस टु डायलग जुलाईको पहिलो सातामा हुने भएको छ । भारतका तर्फबाट परराष्ट्रमन्त्री सुष्मा स्वराज र रक्षा मन्त्री निर्मला सीतारामनले अमेरिकी समकक्षीसँग महत्वपूर्ण रणनीतिक विषयहरूमा छलफल गर्ने भएकी छिन् ।
टु प्लस टु डायलगका लागि एक अमेरिकी टोली जुनको मध्यतिर भारत आउने छ । त्यो टोली सञ्चार सक्षमता र सुरक्षा सम्झौताका विषयमा छलफल गर्ने छ ।
अमेरिकाले यो प्रोटोकलमा भारत स्पस्ट हुनुपर्ने चाहेको छ । अमेरिकाका अनुसार यसो भएमा अमेरिकालाई संवेदनशील प्रविधिको स्थानन्तरण गर्न सहज हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया