पेट्रोलियम पदार्थको भाउ बढने

एजेन्सी : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढने भएको छ ।जियोस्फेयर क्यापिटल म्यानेजमेन्टका अरविन्द साङ्गरले अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ८० अमेरिकी डलर भन्दा पनि धेरैमाथि जान सक्ने अनुमान गरेकाछन् ।

यसका धेरै कारणहरू प्रस्तुत गर्दै उनले एक अन्तर्वार्तामा यस्तो धारणा सार्वजनिक गरेका हुन् ।अमेरिकाले व्यापार युद्ध छेडने हो कि भन्ने आंशकामा तेलको मूल्य आयलएनएसइ ०.४२ प्रतिशतले बढेको थियाे ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको अगुवामा रहेका केन्द्रीय बैंकहरूले ब्याज दर बढारहेका छन् ।

अर्जेन्टिना र टर्की जस्ता उदीयमान बजारमा मुद्रा माथि उक्लेको छ ।टर्कीको चुनावबाट युरोबाट बाहिरिने राजनीति हुने आंशका छ ।

इटलीमा एक दुई महिना भित्र नकारात्मक ऋणको अवस्था थियो ।

हुन सक्छ सरकार बनाउने समस्यामा रहेको इटलीमा अर्को चुनाव केही महिनाभित्र हुन सक्ने आंशका छ ।

स्पेनका प्रधानमन्त्रीलाई सदनबाट विश्वास प्राप्त नहुन सक्छ । युरोपका खराब अवस्थाले लगानीमा अर्को जोखिम थपेको छ ।

अर्को तर्फ तेलको विश्वव्यापी माग बढिरहेको र आपूर्ति विश्वव्यापीरूपमा घटिरहेको ले तेलको मूल्यमा बृद्धि हुने देखिएको छ ।

तेल उत्पादक देशले तेलको उत्पादनमा कटौती गरिआएको छ। यसले पनि तेलको मूल्य बृद्धिलाई समर्थन गरिरहेको छ ।

अर्को तेल उत्पादक राष्ट्र भेनेजुएलालेको उत्पादन पनि कमी आएको छ भने इरानमाथि अमेरिकाले नाकाबन्दी थपेर उत्पादनलाई कमजोर बनाएको छ ।

यी सबै परिस्थितिले तेलको मूल्य ८० अमेरिकी डलर प्रतिब्यारल मात्र होइन त्यो भन्दा माथि पुग्ने साङ्गरको तर्क छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?