एजेन्सी : अमेरिकाको सेल्फ ड्राइभिंग कारको बजारमा जेनरल मोटर र फिएट क्रिसलरबीच प्रतिस्पर्धा भएको छ । दुबैले यससम्बन्धी सम्झौताको घोषणा गरेका छन् ।
जापानको सफ्ट र्बैकले जेनरल मोटरको स्वचालन एकाईमा लगानी लगाइ रहेको छ । २.२५ अर्ब अमेरिकी डलरको लगानी सफ्ट बैंकले जीएममा लगाइरहेको छ ।
अर्को तर्फ गुगलको वेमोले ६२ हजार फिएट क्रिसलरको मिनीभ्यान किनिरहेको छ । यसैबेला उबरका मालिकले वेमोसँग मिलेर काम गर्ने बताएका छन् ।सफ्ट बैंकसँगको सम्झौताले जीएमको सेयर १० प्रतिशतले उकालो लाग्यो ।
सफ्ट बैंकले १९.६ प्रतिशतको हिस्सा क्रुजमा लिनेछ । क्रुजको साझेदारी मूल्य ११.५ अर्ब अमेरिकी डलर छ । यो जीएमका लागि जीत हो । जीएमका प्रमुख कार्यकारी म्ययारीबाराले सन् २०१९मा व्यावसायिक प्रयोजनका लागि क्रुज भेइकल ल्याउने जनाए ।
जीएम र फोर्ड पछि अमेरिकाको तेस्रो नम्बरको कार निर्माता कम्पनी फिएट क्रिसलर छ । फिएटले ६२ हजार प्यासिफाका भान दिने भएको छ । फिएटले वेमो टेकनलजिसँग पनि सम्बन्ध विस्तार गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया