प्लुटोमा जमेको मिथेनका थुम्का थुम्की

एजेन्सी : वैज्ञानिकहरूले प्लुटोमा जमेका मिथेनका थुम्का थुम्की फेला पारेका छन् ।

अमेरिकाको अन्तरिक्ष अध्ययन संस्थान नासाको अन्तरिक्ष यानले प्लुटोमा मिथने जमेको अवस्थामा फेला पारेको हो ।

यो जानकारी प्राप्त भएपछि यसअघि प्लुटोबारेको सोचाइमा व्यापक परिवर्तन हुने भएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार त्यहाँ पाँच किलोमिटरको उचाईमा पानी हिउँको पहाड छन् । ती हिम पहाड मिथेन आइसका कणबाट बनेको हुनुपर्ने वैज्ञानिकहरूको निष्कर्ष छ ।

मिथेन आइसका कणहरूको व्यास २ सय देखि ३ सयबीचका माइक्रोमिटर रहेको छ । यो भनेको बालुवाको कणजस्तो हो ।

यो अध्ययनका लेखकले हामीले यी कणहरूलाई छुट्टयाएर हेर्न सक्दैनौ तर यी कणहरूको थुम्का थुम्की हेर्न सक्छौं ।

यसबाट प्लुटोलाई पृथ्वी, मंगल , शुक्र , शनिको चन्द्रमा टिटानजस्ता आकाशीय पिण्डको लहरमा पु¥याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?