मुम्बई – बलिउडका एक्टर वरुण धावन आजभोलि फिलम ‘कलंक’ मा व्यस्त छन् । खबरका अनुसार उनी सोही फिल्मको शूटिङका दौरान घाइते भएका छन् ।
मुम्बई प्रहरीको रिपोर्टका अनुसार वरुण फाइट सिक्वेन्सको शूटिङका दौरान घाइते भएका हुन् । वरुण जुन दृश्यको शूटिङ गरिरहेका थिए, उक्त दृश्यमा उनले ढोका उठाएर फाल्नुपर्ने थियो ।
यही दृश्यको छायांकनका क्रममा उनी घाइते भएका हुन् । लगत्तै उनलाई अस्पताल लगियो भने फिल्मको शूटिङ पनि रोक्न परेको थियो ।
फिल्म ‘कलंक’ मा वरुण धावन र आलिया भट्टले सँगै काम गर्दैछन् । यो फिल्मसँगै स्क्रिनमा यो उनीहरुको चौथो जोडी हो ।
दुवैले सन् २०१२ को फिल्म स्टुडेन्ट अफ द इयरबाट डेब्यु गरेका थिए । फिल्म कलंकमा वरुण र आलियाका अलावा सञ्जय दत्त र माधुरी दिक्षितको पनि जोडी रहनेछ । सञ्जय र माधुरीको जोडी झण्डै २१ वर्षपछि एक साथ देखिन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया