काठमाडाैं (एजेन्सीको सहयोगमा) : कोरियाली प्रायद्वीपमा शान्ती स्थापनार्थ उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच १२ जुनमा भेटवार्ता हुने भएको छ । वार्ताका लागि यसअघि नै तय गरिएको यस मितिमै दुर्इ पक्षले कुरा गर्नेबारे विभिन्न अाशंक व्यक्त गरिएको थियो ।
अमेरिका पुगेको उत्तर कोरियाली प्रतिनिधीमण्डलका जनरल किम योङ चोलले ट्रम्पसँग शुक्रबार भेटिसकेका छन् । यही भेटका क्रममा दुवै पक्ष पूर्वनिर्धारित मितिमै वार्ता गर्न तयार भएका हुन् । यसअघि अमेरिकी पक्षबाट उत्तर कोरियामाथि अाक्षेप लगाउने काम नरोकिएपछि दुर्इ मुलुकका राष्ट्रप्रमुखबीच वार्ताको सम्भावना टर्दै गएको थियो ।
जुन १२ का लागि सिंगापुरमा निर्धारण गरिएको वार्ता अमेरिकाले एकतर्फी रूपमा भंग गरेको थियो । उत्तर कोरियाले अाफ्ना शर्तहरू पुरा नगरेको जनाउँदै ट्रम्पले तत्काल किमसँग भेट गर्न नसकिने व्यहोराको पत्र उत्तर कोरिया पठाएका थिए । तर दुवै देशका कुटनीतिक अधिकारीहरूले वार्ता अघि बढाउन प्रयास गरिरहेका थिए ।
किमका विश्वासपात्र जनरल चोलले अमेरिकी उपराष्ट्रपति मार्इक पोम्पियोसँग भेटवार्ता गरिसकेका छन् । पोम्पियो तिनै हुन्, जसले उत्तर कोरियाको अाणविक निशस्त्रीकरण लिबियाली मोडलबाट गर्नुपर्ने बताएका थिए ।
चोलले शुक्रबार ट्रम्पलार्इ किम जोङ उनले पठाएको पत्र दिएका छन् । पत्र बुझेलगत्तै ट्रम्पले वार्ता १२ जुनमै गर्न तयार रहेको बताएका हुन् । किम र ट्रम्पबीचको वार्ता र्इतिहासमै परस्पर कटुतापूर्ण सम्बन्ध रहेका दुर्इ देशका राष्ट्रप्रमुखबीचको पहिलो वार्ता हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया