काठमाडौं : स्पेनको सत्ता पहिलोपटक समाजवादी पार्टीको पकडमा अाएको छ । सोसलिस्ट पार्टीका नेता पेद्रो सान्चेज स्पेनको नयाँ प्रधानमन्त्री चयन भएका छन् ।
यसअघिको सत्ताधारी पिपुल्स पार्टी भ्रष्ट्राचार मुद्दामा मुछिएका कारण संसदमा सो दलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रधानमन्त्री मारिएनो रखाएले विश्वासको मत जुटाउन नसकेपछि सान्चेज अन्य ६ दलको समर्थनमा स्पेनको प्रधानमन्त्री चुनिएका हुन् ।
संसदीय अाकारमा जम्मा एक चाैथार्इ सिटसंख्या रहेपनि सान्चेजले अबको दुर्इ बर्षसम्म स्पेनी सरकारको नेतृत्व सम्हाल्नेछन् । अागामी साता मन्त्रीमण्डललार्इ पूर्णता दिने उनले जानकारी गराएका छन् ।
स्पेनमा वर्तमान संसदको कार्यकाल २ बर्ष बाँकी छ । यो कार्यकाल सकिएपछि फेरि त्यहाँ अाम निर्वाचन हुनेछ ।
पेद्रो सान्चेजको जन्म स्पेनको राजधानी मड्रिडमा २९ फेब्रुअरी, १९७२ मा भएको थियो । उनले क्यामिलो जोस सेला युनिभर्सिटीमा अर्थशास्त्र पढेका थिए । मड्रिड सहरको काउन्सिलर समेत बनेका सान्चेज अर्थशास्त्री र बास्केटबल खेलाडीका रूपमा पनि चिनिन्छन् । सन् २०१४ मा साेसलिस्ट पार्टीको प्रमुख बनेपछि उनले समाजवादीहरूलार्इ हर हालतमा स्पेनको सत्तामा पु-याउने दाबी गरेका थिए ।
चुनावताका कारबाटै हजाराैं किलोमिटर यात्रा गरेपछि उनको स्पेनमा व्यापक चर्चा भएको थियो । चुनावी अभियान दाैरानमा सान्चेजले कार्यकर्ताहरूको घेरामै समय विताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया