एजेन्सी : रोबोटले सबै काम गर्न थालेपछि मानिसहरूको काम गुम्न खतराप्रति सजग भइ अमेरिकाको लास भेगासका क्यासिनो मजदुरहरूले रोबोट प्रयोगको विरूद्ध आन्दोलन गर्ने तयारी गरिरहेका छन् ।
जुन १मा रेस्टरन्टमा काम गर्ने बारटेन्डर, ककटेल सर्भर, मेड, कुक र अन्य कामदारहरूको सम्झौत समाप्त भयो । उनीहरूको हितमा काम गर्ने युनियनहरूले पाँच वर्षका लागि नयाँ सम्झौतामा ज्याला बढाउनुपर्ने माग गरेकाछन् ।
युनियनका नेताहरूले कामको चाप र स्वचालनमा आधारित रोबोटको प्रयोगले हुने रोजगार सुरक्षा खतराजस्ता विषयमा ध्यान दिँदै रेस्टरन्ट मजदुरहरूको हितमा नयाँ सम्झौता हुनुपर्ने बताएका छन् ।
सिजर इनटरटेनमेन्टले १२ हजार कामदारका लागि एक सम्झौता गरे । यी मजदुरहरूले हडतालको मिति भने अहिले तोकेका छैनन् । तर आन्दोलनको तयारी गरिरहेकोछ ।
सन् १९८४मा मजदुरहरूले ६७ दिनको हडताल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया