काठमाडौं : कृषिमन्त्री चक्रपाणि खनाल 'बलदेव' ले सोमबार बिहानै काठमाडाैंको कालीमाटी तरकारी बजार क्षेत्रको अनुगमन गरेका छन् ।
व्यापक विकृति रहेको कालीमाटी बजारमा कृषिमन्त्री खनालले राज्यमन्त्री रामकुमारी चाैधरीसहित सञ्चारकर्मी र मन्त्रालयका अधिकारीहरूसँग संयुक्त रूपमा बजार अनुगमन गरेका हुन् ।
तीन दर्जन तरकारी पसलको अनुगमन गरेका मन्त्री खनालले पसल स्टलको भाडादर र तरकारीको मूल्यबारे सोधखोज गरेका छन् ।
तरकारी बजारको व्यवस्थापन गर्न खनालले बजार व्यवस्थापन समितिलार्इ निर्देशन समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया