मैत्रिपूर्ण खेलमा स्पेन र स्वीट्जरल्याण्ड बराबरीमा रोकिए

विश्वकप फुटबलअघि हुने अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा स्पेन र स्वीट्जरल्याण्ड एक—एक गोलेको बराबरीमा रोकिएका छन् । 

आफ्नो घरेलु मैदानमा आइबारराती भएको खेलमा सन् २०१० को विजेता स्पेनले स्वीट्जरल्याण्डलाई एक—एक गोलको बराबरीमा रोकेको हो । खेलको सुरुवाती समय देखि नै निकै राम्रो खेल प्रर्दशन गरेको स्पेनको लागी २९ औ मिनेटमा अल्भारो ओद्रियोसोलाले  गोल गदै घरेलु टोलीलाई अग्रता दिलाए ।

उनले डेभिड सिल्भाले देब्रे कर्नरबाट दिएको पासलाई सदुपयोग गदै गोलपोस्टको जाली चुमाए । खेलको पहिलो हाफसम्म एक—शुन्य गोल अन्तरले पछाडी परेको स्वीट्जरल्याण्डका लागी रिकार्डो रोड्रिगेजले गोल गदै खेललाई एक—एक गोलको बराबरीमा ल्याए । खेलको ६२ औ मिनेटमा स्पेनको गोलरक्षक डेभिड डि जियाले गल्ती गर्दा स्वीट्जरल्याण्डले बराबरी गोल फर्काउने मौका पायो । निर्धारित ९० मिनेटको समयसम्म दुवै टोलीले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेल एक—एक गोलको बराबरीमा सकियो ।

सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा स्पेन स्वीट्जरल्याण्डसँग मात्रै पराजित भएको थियो । स्पेनले पहिलो खेल हारे पनि त्यसपछिका सबै खेल जितेको थियो । फाइनलमा स्पेनले नेदरल्याण्डलाई एक—शुन्य गोलले हराउदै विश्व विजेता बनेको थियो । आइतबार राती नै भएका अन्य खेलहरुमा मेक्सिकोले स्कट्ल्याण्डलाई एक—शुन्य गोल अन्तरले, पेरुले साउदी अरेबियालाई तिन—शुन्य गोलले, एल साल्भाडोरले होन्डुरसलाई एक—शुन्यले तथा युक्रेनले अल्बानियामाथि चार—एक गोल अन्तरको जित गर्दा गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?