ग्वाटेमालामा १९७४ यताकै ठूलो ज्वालामुखी विस्फोट, मर्नेको सख्या २५ पुग्यो

एजेन्सी । राजधानीबाट ४० किलोमिटर दुरीमा विस्फोट भएको भयानक ज्वालामुखिका कारण ग्वाटेमालामा २५ जनाको मृत्यु भएको छ, सैयौं नागरिक घाईते भएका छन् ।

सो ज्वालामुखि विस्फोटमा परि १७ लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । 

सोमबार बिहानको यो विस्फोट सन् १९७४ यताकै सबैभन्दा ठूलो ज्वालामुखी रहेको सरकारी अधिकारीहरूले बताएका छन् । राजधानीदेखि दक्षिण–पश्चिम क्षेत्रमा रहेको ईल रोडिय गाउँमा यो विस्फोट भएको हो । 

विस्फोटबाट घरसँगै मानिस जलेको र भूकम्पीय धक्काले संरचनाहरू भत्कँदा त्यसभित्र मानिसहरू पुरिएका छन् ।

ज्वालामुखिबाट निस्केको धूलो–धुवाँ र खरानीले आकाश ढाकिँदा अहिले त्यहाँको अरोरा विमानस्थल बन्द गरिएको छ । मानिसको जनजीवन कष्टकर र आतंकित बनेको छ । 

उद्दारकर्ताहरूले आकस्मिक उद्दारको कामलाई बढाएका छन्, मानिसहरूलाई माक्स लगाएर मात्र आवतजावत गर्न भनिएको छ  ।

राष्ट्रपति जिम्मी मोरालिजले आपतकालीन उद्धार र खोज कार्य शुरु गरिएको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?