काठमाडौं । आपूर्ति मन्त्री मातृका यादवलाई चार विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका छन् ।
हालै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै उनीहरुले मन्त्री यादवलाई भेटे सो ज्ञापन पत्र बुझाएका हुन् । साथै मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
‘गैरजिम्मेवार ढंगले बढाइएको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौं । अन्यथा संघर्षमा उत्रन बाध्य हुनेछौँ ।’ ज्ञापन पत्रमा उल्लखे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया