एजेन्सी : यौन उद्योगमा यौनकर्मीहरूको सेवालाई सम्मान दिनका लागि न्यूजिल्यान्डकी महारानीको जन्म दिवसको अवसरमा तयार पारिएको सम्मानितहरूको सूचीमा एक पूर्व यौनकर्मीलाई उच्च ओहदा (डेइम)को उपाधि दिएर समावेश गरियो ।
न्यूजिल्यान्डमा यौनकर्मलाई अपराधकर्ममा नराख्न र वेश्यावृतिलाई सबैभन्दा उदार कानुन बनाउन सन् २००३मा क्याथरिन हिलीले पहल गरेकी थिइन् ।
६२ वर्षकी क्याथरिन न्यूजिल्यान्ड अर्डर अफ मेरिटको हैसियतमा रहेको डेइमबाट सम्मानित हुँदा चकित भइन् ।
रेडियो न्यूजिल्यान्डलाई भनिन् मैले यो अपेक्षा गरेकी थिइन् ।” उनले सन् २००३मा यौनकर्मलाई अनुमति दिन कानुनमा सुधार गर्न अभियान चलाएकी थिइन् ।
यो सुधारको अर्थ यौनकर्मीहरूलाई रोजगार, स्वास्थ्य र सुरक्षा कानुनबाट संरक्षित गर्नुपर्ने थियो ।यो अधिकार यसअघि यौनकर्मीहरूलाई कहिल्यै दिइएको थिएन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया