एजेन्सी : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले आयोजित सभाको मञ्चमै समुद्रपार काम गर्ने एक फिलिपिनी महिला कामदारको ओठ चुम्बन गरेपछि महिला अधिकारर्कीहरू आक्रोशित भएका छन् ।
दक्षिण कोरियामा आयोजित कार्यक्रममा फिलिपिनी राष्ट्रपतिले महिलालाई मञ्चमा बोलाएर चुम्बन गरे । चुम्बन गर्न अलि हतोत्साहित भएकी महिलालाई राष्ट्रपतिले विश्वासमा लिएर ओठ चुमेको दृश्य सार्वजनिक भिडियोमा देखिन्छ ।
यो दृश्य देखेपछि कार्यक्रममा सहभागीहरूले ताली पिटेर हौसिएको प्रदर्शन गरे । तर फिलिपिन्सको महिला अधिकारकर्मीहरूको समूह गाब्रियाले यसको कटु आलोचना गरेको छ । समूहले राष्ट्रपतिलाई स्त्री जातिको शत्रु भनि टिप्पणी गरेको छ ।
चुम्बन दिन राजी भएकी ती महिलाले भने यसमा कुनै दुर्भाग्य नभएको बताइन् ।
तर राष्ट्रपति डुटेर्ते पहिलो पटक अनुचित कार्यका लागि आरोपित भएका होइनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया