काठमाडौं । बीपीडब्लू लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारणसभा ३० पुसमा बोलाएको छ ।
लघुवित्तले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित सिद्धार्थ कटेज धोवीघाट ललितपुरमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।
सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित हुनेछ । त्यस्तै, अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्न/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया