सबैलाई थाहा भएकै कुरा हो, आपमाको दूध बच्चाका लागि अमृत समान हो । तर, के पाँच वर्षको उमेरसम्म दूध खुवाउनु बच्चाका लागि फाइदा जनक छ त?
एमा शार्डलो हडसन दुई बच्चाकी आमा हुन् । उनी दुवै बच्चालाई दूध पिलाउँछिन् ।
एमालाई लाग्छ कि, दूध पिलाउँदा बच्चा स्वस्थ रहन्छन् र छिटो बिरामी पनि हुँदैनन् ।
ब्रिटेनमा कस्तो सल्लाह दिइन्छ भने जबसम्म आमा या बच्चाले चाहन्छन्, तबसम्म दूध खुवाउनु राम्रो हुन्छ ।
ब्रिटेनको स्वास्थ्य एजेन्सी नेशनल हेल्थ सर्भिसले यस्तो कुनै समय सीमा तय गरेको छैन कि, बच्चालाई कहिलेसम्म दूध खुवाँउदा राम्रो हुन्छ भनेर ।
६ महिनाको उमेरसम्म बच्चालाई आमाको दूध मात्र खुवाउने सल्लाह दिइन्छ । त्यसपछि भने दूधसँगै अरु खाने कुरा पनि बच्चालाई खुवाउन सकिन्छ ।
विशेषज्ञका अनुसार स्तनपान आमा र बच्चा दवैका लागि फाइदाजनक छ । आमाको दूधले बच्चाको इन्फेक्सनदेखि बचाउँछ ।
जो बच्चाले आमाको दूध पिउँछ, उनीहरु अगाडि बढ्न सहज हुन्छ र बिरामीको खतरा पनि कम हुन्छ । तर, आमाको स्तनपान कति उमेरसम् मगर्नेए भन्नेमा ठ्याक्कै यही भन्ने जानकारी भने कतै पाइँदैन ।
विश्व स्वास्थ्य संगठनका अनुरा स्तनपान दुई वर्षदेखि धेरै उमेरसम्म गराउनुपर्छ । तर रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थसँग जोडिएका डाक्टर म्याक्स डेवीका अनुसार दुई वर्षपछि स्तनपान गराउँदा पनि बच्चालाई अतिरिक्त पोषण भने मिल्छ ।
उनले भनेका छन्, ‘दुई वर्षको उमेरपछि बच्चालाई डाइटसँगै पोषक तत्त्व पनि मिल्न जरुरी हुन्छ, जुन पोषण दूधमा मिल्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया