एजेन्सी : इजरालले इरान विरूद्ध एक सैनिक गठबन्धन बनाउने प्रस्ताव अगाडि सारेको छ ।
इरान विरूद्धको यो सैनिक संगठनमा अमेरिका, पश्चिमा देश र उसको अरब सहयोगी देशहरू रहनेछ ।
इजरेली गुप्तचर मन्त्री इसरायल कात्सले परमाणु कार्यक्रमलाई इरानले अगाडि बढाउने देखिएकोले यो संगठन बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
इरानले आफ्नो परमाणु कार्यक्रम त्याग्नु भन्दा फेरि त्यो कार्यक्रम ब्युँताउन खोजेको बताउादै मन्त्री कात्सले भने “सैनिक गठबन्धन इरान विरूद्ध बनाइनेछ ।”
इरानले परमाणु कार्यक्रम अगाडि बढाए त्यसको तत्काल प्रतिवाद गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ उल्लेख गर्दै उनले भने “त्यसमा अबर र इजरायल मिल्नु पर्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया