सुर्खेतमा आईएमई लाइफकाे एएमएफ/सीएफटी तालिम

लोकपथ
77
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा एएमएफ/सीएफटी तालिम सञ्चालन गरेको छ।

कम्पनीले लुम्बीनी , कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आंतककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम पौष ७ देखि ९ गतेसम्म सुर्खेतमा प्रदान गरि सम्पन्न गरेको हो ।

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानुनी संरचना, सम्पति शुद्धीकरण निवारण किन गर्ने ,सम्पति शुद्धीकरणको लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाक्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाङ्ककको चरण, कम्पनीको भूमिका, कारवाही तथा सजाँय आदि विषयमा अन्डरराईटिङ प्रमुख श्री सुदिप राणाबाट विस्तृत जानकारी दिइयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवी फुँयाल, हेड एजेन्सी बिजनेस कर्म राज पौडेल, लुम्बीनी र कर्णली प्रदेशका प्रमुख प्रेम तिमल्सीना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाघन विभाग प्रमुख मनोज चौधरी समेत उक्त तालिममा सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?