दोलखाबासीलार्इ युनिभर्सल पावरको २१ लाख कित्ता शेयर

काठमाडौं : दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारेखोला जलविधुत अायोजना बनार्इरहेको युनिभर्सल पावर कम्पनीले २१ लाख ३ सय ५० कित्ता सर्वसाधारण शेयर (अार्इपीअो) जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

अायोजना प्रभावित स्थानीयका लागि २१ करोड ३५ हजार रूपैयाँ बराबरको २१ लाख ३ सय ५० कित्ता अार्इपीअो जारी गर्न कम्पनीले नियामकसँग अनुमति मागेको हो । सिद्दार्थक्यापिटललार्इ कम्पनीले बिक्री प्रबन्धक तोकेको छ । 

पहिलो चरणमा अायाेजना प्रभावित स्थानीयलार्इ १० प्रतिशत अार्इपीअो बेच्न लागिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?