भ्रष्टाचारको आरोपमा जड्राभ्को मामिकलाई साढे ६ वर्षको जेल

क्रोएसिया फुटबलका जड्राभ्को मामिकलाई साढे ६ वर्षको जेल सजाय सुनाइएको छ ।

मामिकलार्ई भ्रष्टाचारको आरोपमा यो सजाय सुनाइएको हो । डिनामो जाग्रेबमा रहँदा ट्रान्सफर फीमा लाखौं युरो अपचलन गरेकोमा उनी दोषी ठहर भएको बताइएको ।

उनलाई क्रोएसिया फुटबलको शक्तिशाली व्यक्तिको रुपमा चिनिन्छ । क्रोएसियाको सबैभन्दा ठूलो क्लब डिनामो जाग्रेबका प्रमुख कार्यकारी रहेका मामिक क्रोएसियन फुटबल फेडेरेशनका उपाध्यक्ष समेत हुन् । यो प्रकरणमा क्रोएसियाका कप्तान लुका मोड्रिकविरुद्ध पनि अभियोग दर्ता भएको छ ।

मोड्रिकमाथि सुनुवाइका क्रममा झुठो बयान दिएको आरोप छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?