काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ २४ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३५ रुपैयाँ १३ पैसा छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३५ पैसा र बिक्री दर १६१ रुपैयाँ १६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०० पैसा र बिक्रीदर १३० रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७१ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर ९३ रुपैयाँ ७४ पैसा छ ।
जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्रीदर १० रुपैयाँ ३६ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १८रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६०पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४८ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया