एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडउमाथि ह्वाइट हाउस जलाएको आरोप लगाएका छन् ।
क्यानाडाका प्रधानमन्त्री ट्रडउले राष्ट्रपति ट्रम्पलाई सोधे “ क्यानाडा कसरी अमेरिकाको सुरक्षामा खतरा हुन्छ ?”
यसको जवाफमा ट्रम्पले भने “तिमीहरूले ह्वाइ हाउस जलाइ दिएका थिएनौ र ?
गत साता अमेरिकाले युरोपियन युनियन , क्यानाडा र मेक्सिको उत्पादित फलम र अल्मुनियम आयातमा महशूल बढा दिएपछि ट्रम्पले महशुल बढाउने कुरो अमेरिकाको राष्ट्रिय सुरक्षासँग जोडिएको भनि अभिव्यक्ति दिएका थिए ।
यस विषयमा क्यानाडाका प्रधानमन्त्रीले सोध्दा दिएको ट्रम्पको जवाफ सामाजिक सञ्जालमा हास्यको विषय बन्न पुगेको छ ।
हास्यको विषय बन्नुको कारण भनेको १८१२मा भएको युद्धमा ह्वाइट हाउसलाई जलाइएको थियो ।
तर त्यतिखेर क्यानाडाको हैसियत स्वतन्त्र देशको थिएन् । बेलायती उपनिवेशमा रहेको क्यानाडाको स्वतन्त्रता १८६७मा भएको हो । १८१२मा बेलायत र अमेरिकाबीच युद्ध भएको थियो ।
तर यो विषय स्पस्ट छैन कि ट्रम्पको यो टिप्पणी ठट्ठयौलीमा भनिएको हो वा गम्भीर टिप्पणी हो ।
त्यो युद्धका बेला बेलायती सेनाले सन् १८१४मा ह्वाइट हाउसलाई आगो लगाइ दिएका थिए । युद्ध हुनुको कारणहरूमा बेलायतले अमेरिकी व्यापारीलाई बलपूर्वक जलसेनामा भर्ती गरिहेका थिए ।
अमेरिकामाथि व्यापारिक प्रतिबन्ध लगाइएको थियो । अमेरिकामाथि विदेशी शक्तिले हमला गरेको यो पहिलो पटक थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया