महिनाको १ करोड अमेरिकी डलर कमाउने सिइओ

एजेन्सी : भारतका निकेश अरोडा टेकनलजिको दुनियाँका सबै भन्दा बढी तलब पाउने प्रमुख कार्यकारी (सिइओ) बन्न पुगेका हुन् ।

अरोडा पालो अल्टो नेटवर्कका नयाँ सिइओ भएपछि उनको मासिक तलब १ करोड डलर  भन्दा बढी हुन पुगको छ । उनको वार्षिक तल १२.८ करोड अमेरिकी डलर हुनेछ ।

यो कम्पनीको सिइओ बन्न अघि अरोडा सफ्ट बैंक र गुगलमा काम गरिसकेका छन् ।पालो अल्टो साइबर सिक्युरिटी कम्पनी हो ।

लामो समय टेकनलजि क्षेत्रमा काम गरेका अरोडालाई  यसका साथै ४सय करोड भन्दा बढीको सेयर प्राप्त हुनेछ । तर यो सेयर भने सात वर्षसम्म बेच्न पाउने छैनन् ।

पालो आल्टोको शेयर मूल्य सात वर्षमा ३०० प्रतिशत बढाउन सके अरोडलाई थप७ करोड रुपैया प्राप्त हुनेछ ।यसका साथै अरोडाले आफ्नो सम्पत्तिबाट पालो अल्टोको १९ करोड रुपैया बराबरको सेयर खरिद गर्न पाउनेछन् ।

अरोडाको यो जिम्मेवारीबाट कतिपय चकित भएका छन् । क्रेडिट स्विसका विश्लेषक ब्रैड जेलनिकले अरोडासँग साइबर सिक्युरिटीको अनुभव नभएको बताए ।

एप्पलका सिइओ टिम कुकको तलब सबै भन्दा बढी थियो । उनको तलब ११ करोड ९०लाख अमेरिकी डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?