कानूनभन्दा माथि अाफु नभएको ट्रम्पले स्वीकारे

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अाफु कानूनभन्दा माथि नरहेको स्वीकारेका छन् । 

अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा याचना गर्ने ‘पूर्ण अधिकार’ भने आफूमा निहीत रहेको पनि उनले तर्क पेश गरेका छन् ।

क्यानडामा हुँदै गरेकोे औद्योगिक राष्ट्रहरूको समूह जी–७ का सदस्य राष्ट्रहरू संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त राज्य अमेरिका, क्यानडा, र सन् १९९८ पछि सदस्य बनेको रूस सम्मिलित शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा अमेरिकी राष्ट्रपतिले आफूले प्रसिद्ध मुक्केवाज मुहम्मद अलिलाई मरणोपरान्त क्षमा दिन लागेको सहित केही व्यक्तिलाई क्षमादान दिन लागेको योजना रहेको बताउँदै तर आफैबारे केही नगर्ने बताए । 

ट्रम्पले भने, “म कानूनभन्दा माथि छैन । मैले कोही कानूनभन्दा माथि होस भन्ने पनि कहिल्यै सोचेको छैन । म आफूलाईसमेत क्षमा दिन पाउँछु तर प्रमुख कुरा के हो भने मैले गल्ती गरेकै छैन भने किन माफी माग्ने रु यो सवैलाई थाहा भएकै कुरा हो ।” 

यसअघि गत सोमबार पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?