काठमाडौं । महालक्ष्मी विकास बैंकले बाँसगढी नगरपालिकालाई ‘ट्रि गार्ड’ प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत बाँसगढी नगरपालिकालाई बर्दिया स्थीत महेन्द्र राजमार्गमा रहेकाबोट बिरुवाको संरक्षणका हेतुले ‘ट्रि गार्ड’ सहयोग स्वरुप प्रदान गरेको हो ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा विभिन्न बैंक तथावित्तिय संस्थाका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्नकार्यक्रमहरु संचालनगर्ने कुरा महालक्ष्मी बैंकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया