क्यानाडाका प्रधानमन्त्री बेइमान छन् –ट्रम्प

एजेन्सी: आर्थिकरूपले सम्पन्न राष्ट्रहरूको समूह जी ७को क्यानाडामा आयोजित सम्मेलन तनावपूर्ण अवस्थामा सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई बेइमान भनेर टिप्पणी गरे ।

ट्रम्पले अमेरिकामाथि अन्य देशहरूले धेरै महसुल थपिरहेको अाराेप लगाएका छन् ।

अमेरिकाले फलाम र अल्मुनियममाथि थपेको महशुल प्रतिको तनावका बाबजुद जी ७ले एक संयुक्त विज्ञप्ति जारी गरेको छ ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडउले जुलाई १ देखि अमेरिकाले लगाएको महशूलको प्रतिक्रिया त्यसैगरी अमेरिकी उत्पादनमा महशूल लगाएर जनाउने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय सुरक्षामा खतरा हुने भनेर फलाम र अल्मुनियममा अमेरिकी राष्ट्रपति ट्रम्पले महशुल लगाउने भनाइ बेइज्जत गर्ने खालको भएको क्यानाडालियाली प्रधानमन्त्री ट्रडउले आयोजित एक प्रेस सम्मेलनमा टिप्पणी गरे ।

संयुक्त व्यक्तव्य प्रति टिप्पणी गर्दै ट्रम्पले अमेरिकी अधिकारीहरूलाई संयुक्त व्यक्तव्यमा सहमति नजाउन निर्देश गरेको ट्विट गरे ।

साथै ट्रम्पले क्यानाडाका प्रधानमन्त्री ट्रडउलाई पत्रकार सम्मेलनमा गलत व्यक्तव्य जारी गरेको बताए । उनले क्यानाडाले अमेरिकी किसान, मजदुर र कम्पनीहरूमाथि महशूल लगाउन खोजेको जनाए । साथै उनले भने “ट्रडउ धेरै बेइमान र कमजोर छन्”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?