काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभाको सु-अवसरमा कम्पनीका संचालक समितिका सम्पूर्ण सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितीमा कम्पनीको मोबाइल एप समुद्घाटन गरिएको छ । कम्पनीले बीमित तथा अभिकर्तालाई आफ्नोपन महशुस हुने गरी थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणा सहित App को शुभारम्भ गरेको छ ।
कम्पनीको एप प्रयोग गरी बीमा योजनाहरु खरिद गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ । Android तथा IOS प्रविधीमा चलाउन सकिने कम्पनीको एप, App, Play Store र App Storeबाट सहजै मयधलयिबम गर्न सकिन्छ । एप मार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु र बीमाशूल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ । कम्पनीका अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा रहेका अन्य अभिकर्ताहरुले गरेको ब्यवसाय तथा बीमा योजना र बीमाशूल्क गणना सम्बन्धी जानकारी प्राप्त गर्न सकिने सुविधा एपमा रहेको छ ।
बीमितले एप मार्फत बीमाशूल्क भुक्तानी गर्न, बीमालेख तथा बीमाशूल्क भुक्तानीको विवरण प्राप्त गर्न सक्नेछन् । कम्पनीको एपलाई मयधलयिबम गर्ने तरिका तथा प्रयोग विधिको सम्बन्धमा थ्यग You Tubeमा हेर्न सकिने ब्यवस्था समेत मिलाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया