काठमाडौं । एनएमबि बैंककाको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २६औं आज (बिहिबार ) त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा सम्पन्न भएको हो ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।
उक्त वार्षिक साधारण सभाले आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाबाट स्वीकृत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १८ अर्व ३६ करोड रुपैयाँ पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।
दि फिनान्सियल टाईम्स, लण्डनद्वारा “Bank of The Year Asia 2021” र “Bank of The Year Nepal 2021 बाट यस बैंकलाई सम्मानित गरेको छ । उक्त अवार्ड सेयरधनीहरुले समय समयमा बैंकलाई दिएको सुझाब एवं सल्लाह मुताबिक भएको परिणामको रुपमा लिँदै सम्पूर्ण महानुभावहरु प्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया