नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले विश्वकप फुटबलमा नेपालले सहभागिता जनाउने अवसर अहिलेसम्म नपाएपनि मैदान बाहिरै रहेर कसरी सहभागी हुने भन्ने बहसले संसदमा प्रवेश पाएको छ ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विश्व नै विश्वकप फुटवलमा रमाएको भन्दै नेपालले पनि स्वागत गर्नुपर्ने जानकारी दिए । खतिवडाले विश्वकप फुटबलमा नेपाल कसरी सहभागी हुन सक्छ र खेलकुद मन्त्रालय के गरिरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताए । यता संसद् भवनमा रहेको पानी ट्यांकी फुटवल जस्तै भएकोले त्यसलाई डिजिटल बनाएर फुटवल राख्न सुझाव दिए । उनले विश्वकप फुटवललाई नेपालले पनि स्वागत गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया