काठमाडौं । स्कटल्याण्ड इंग्ल्यान्ड विरुद्धको एकदिवसीय खेलमा विजयी भएको छ ।
आइतबारराती भएको खेलमा एसोसिएट टिम स्टकल्यान्डले इंग्ल्यान्डलाई ६ रनले पराजित गदै सनसनीपूर्ण जित हात पारेको हो ।
स्कटल्यान्डले दिएको ३ सय ७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४८.५ ओभरमा ३ सय ६५ रनमा अलआउट भयो । इंग्ल्यान्डका लागि लिइम प्लुङकेटले नटआउट ४७ रन जोडेपनि अरु ब्याट्म्यानले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । मोइन अली ४६ रनमा आउट भए ।
जोनी बिस्ट्रले प्रहार गरेको शतक पनि जितका लागि पर्याप्त हुन सकेन् । उनले १ सय ५ रन जोडेका थिए । यता बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले सर्वाधिक ३ विकेट लिन सफल भए । अलास्डयर इभान्स र रिची बेरिङटनले समान २–२ विकेट लिए । त्यसअघि स्कटल्यान्डले ५ विकेटको क्षतिमा ३ सय ७१ रन बनाएको थियो ।
स्कटल्यान्डका लागि कालुम म्याकलियोर्डले १ सय ४० रनको योगदान दिए । जर्ज मुन्सीले ५५ तथा केल कोइजरले ५८ रन जाडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया