चितवन । चितवनको माडीमा सोमबारदेखि एक सातासम्म दैनिक आठ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
आगामी असार ३ गतेसम्म ३३ केभी अन्डर ग्राउण्ड प्रसारण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकोले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सबस्टेशन माडीका प्रमुख आनन्द कुँवरले जानकारी दिए ।
दैनिक आठ घण्टा विद्युत अवरुद्ध हुँदा स्थानीयबासीको दैनिकी, नारपालिकाको काम र व्यवसाय प्रभावित हुने भएको छ ।
माडीमा चितवन राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत रुपमा बिजुली लगिएको छ । भूमिगत रुपमा लाइनमा पटक–पटक समस्या आउँदा विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।
भूमिगत लाइन मर्मत गर्नका लागि भारतबाट प्राविधिकहरु ल्याइएको छ । भारतीय टोलीलाई नेपाल विद्युत प्राधिकरणको टोलीको सघाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया