भारतलाई इन्टरकन्टिनेन्टल कपको उपाधी, ६४ गोल गदै सुनिलले मेस्सीलाई भेट्टाए

काठमाडौं । भारतले इन्टरकन्टिनेन्टल कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ । 

आइतबारराती भएको फाइनल भारतले केन्यालाई २—० गोल अन्तरले हराउँदै प्रतियोगिताको उपाधी जितेको हो ।

भारतका लागि दुवै गोल कप्तान सुनिल क्षेत्रीले गरेका थिए । खेल सुरु भएको ७ मिनेट पनि बित्न नपाउँदै भारतका लागी कप्तान क्षेत्रीले पहिलो गोल गदै टिमलाई अग्रता दिलाए । त्यस्तै, २८ औ मिनेटमा क्षेत्रीले दोस्रो गोल गरे ।

पहिलो हाफसम्म २—० ले अग्रता लिएको भारतले दोस्रो हाफमा भने गोल गर्न सकेन् । निर्धारित ९० मिनेटको समयसम्म केन्याले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेल २—० गोल अन्तरले हार्यो । यो सँगै सुनिल राष्ट्रिय टोलीलाई सर्वाधिक गोल गर्ने अहिले पनि सक्रिय खेलाडीहरुको सुचिको दोस्रो स्थानमा रहदै अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोन मेस्सीसँग बराबरी गरेका छन् । मेस्सी र सुनिलको समान ६४ गोल पुगेको छ ।

सुनिलले १ सय २ अन्तराष्ट्रिय खेलमा त्यो सफलता प्राप्त गरेका हुन् । यता लियोनल मेस्सीको १ सय २४ खेलमा ६४ गोल रहेको छ । पहिलो स्थानमा रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले १ सय ५० राष्ट्रिय खेलमा ८१ गोल रहेको छ ।

इन्टरकन्टिनेन्टल कपमा ८ गोलसहित सुनिल सर्वाधिक गोलकर्ता पनि बनेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?